स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँले ओरालो लागेको छ ।
मङ्गलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार हुने गरी निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा एक सय २५ रुपैयाँले ओरालो लागेको छ ।
मङ्गलबार प्रतितोला पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला चार हजार ९६० निर्धारण गरिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार



