काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्री ले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास फैलाएको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले “पहिले थुन्ने अनि सुन्ने” प्रवृत्तिले निजी क्षेत्र आतंकित भएको बताइन् ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै योजनाको निरन्तरता मात्र भएको टिप्पणी गर्दै जनताले दिएको ठूलो जनमतलाई सरकारले सही रूपमा उपयोग गर्न नसकेको धारणा राखिन् ।
झाँक्रीले सुशासन र सेवा प्रवाहका नाममा नागरिकता, राहदानी र जग्गाधनी पुर्जा वितरण मात्रै पर्याप्त नहुने बताउँदै सबै वर्ग र समुदायको मानव अधिकार तथा मौलिक हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन् ।
प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार



