लम्की साना सहरी खानेपानी संस्था को ८औँ साधारणसभा सम्पन्न

कैलाली । लम्की साना सहरी खानेपानी संस्था को ८औँ साधारणसभा लम्किमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेको अध्यक्षता एबम् सुदरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाहको प्रमुख आथित्यमा साधारणसभा सम्पन्न भएको थियो ।
कार्यक्रममा लम्कि चुहा नगरपालिका का प्रमुख सुनिता शाही, राष्ट्रिय सानासहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओली तथा नगर विकास कोषका खानेपानी आयोजना प्रमुख सुबास पन्थ विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा खानेपानीको अवस्थाबारे धारणा राख्नुभएको थियो। नगर प्रमुख सुनिता शाहीले खानेपानीलाई नगरपालिकाको प्राथमिकतामा राखिएको र आगामी बजेट विनियोजनमा समेत समेटिएको बताइन।

त्यसैगरी, राष्ट्रिय सानासहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी क्षेत्रमा लगाइएको कर, विद्युत् महसुलमा छुट तथा ब्याजदर घटाउनुपर्ने विषयमा जोड दिँदै खानेपानी ऐन तथा नियमावलीप्रति कडा आपत्ति जनाएका थिए ।

नगर विकास कोषका आयोजना प्रमुख सुबास पन्थले खानेपानी क्षेत्रमा नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस