नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि भीष्मराज आङदेम्बेले कांग्रेस बदलिएको प्रमाणित भएको बताएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेपछि उनले कांग्रेसले इतिहास रचेको प्रतिक्रिया दिएका हुन् । ‘कांग्रेस बदलिएको प्रमाणित भएको छ, कांग्रेसले इतिहास रचेको छ,’ उनले भने ।
जनताले मन दुखाउने अवस्था राज्यबाट भएमा कांग्रेसले खबरदारी गर्ने उनले बताए । ‘हामी माझ चुनौती छ । संसद्मा सरकारले गरेको राम्रो काम स्वागत र नराम्रो गर्दा प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्नुछ । जनताले मन दुखाउने अवस्था राज्यबाट भए त्यसमा हामी खबरदारी गर्छौं,’ उनले भने।
विक्रम संवत् २०६४ पछि कांग्रेसले पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको हो ।
प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार


