काठमाडौँ– नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार प्रतितोला चार हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो ।
प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार


