काठमाडौं । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठक बोलाएका छन् । बुधबार (चैत १८) दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।
“संसद् बैठकको छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रचलन छ,” संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, “प्रतिनिधिसभाका जेष्ठ सदस्यले बैठक बोलाउनुभएको हो ।”
बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।
सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् । उनले यही चैत १२ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ खुवाएका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार


