काठमाडौं– नेपाली बजारमा सोमवार सुनको मूल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमवार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेकोे छ । सोमवार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार


