सुनको मूल्यमा उच्च वृद्धि, चाँदीको पनि बढ्दा कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मध्यपूर्वमा देखिएको लडाँइका कारण अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दा नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन तोलाको ३ लाख २६ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ९८५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस