सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ – भने चाँदीको बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ । मंगलवार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलवार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस