काठमाडौं । अमेरिकी इन्डो–प्यासेफिक कमान्डका कमान्डर एडमिरल सामुएल पापारो नेतृत्वको एक प्रतिनिधिमण्डल बिहीबार नेपाल आउने भएको छ ।
तीनदिने नेपाल भ्रमणका लागि उनीहरू विशेष विमानमार्फत काठमाडौं आउने नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार नेपाल भ्रमणको समयमा कमान्डर एडमिरल सामुएल पापारोले औपचारिक भेटघाटका साथै पाँचखालस्थित सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछन् ।
“यस प्रकारको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ,” नेपाली सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : २०८२ माघ २८ गते बुधवार


