सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै मंगलबार छापावाल सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबारसुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँ तोकिएको छ । यसअघि सोमबार चाँदीको मूल्य ५ हजार २५० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस