सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस