लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको छ । चाँदी आज प्रतितोला ३१५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस