कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता श्यामकुमारले गर्ने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमार खड्काले गर्ने भएका छन् । भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए ।

उनका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् । दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । हिजोदेखि जारी विषेश महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्रको कार्यतालिका तय गरिएको छ । आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्यविधि बनाउने तालिका छ । त्यसपछि ९ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीतिबारे छलफल हुनेछ ।

प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस