जाँचबुझ आयोगलाई बालेनले पठाए लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न गठित आयोगसमक्ष लिखित बयान बुझाएका छन् ।

आयोगका सदस्य एवं नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएका हुन् ।

आयोगले शाहलाई सिंहदरबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको विषय समेटेर प्रश्न सोधेको थियो ।

शाहले यसअघि राष्ट्रिय मानव अधिकार आयोगमा दुई घण्टा बयान दिएका थिए ।

जाँचबुझ आयोगले गत आइतबार मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान लिएको थियो ।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस