एमालेमा मध्यावधि चुनावी कमान्डर तोकिए रामबहादुर थापा

काठमाडौं– बरियतामा अध्यक्ष केपी शर्मा ओलीपछि रहेका उपाध्यक्ष रामबहादुर थापा बादल २१ फागुनको मध्यावधि निर्वाचनका निम्ति कमान्डर तोकिएका छन्।

मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको हो।

कमिटीको सचिवमा विष्णु रिमाल छन्। त्यस्तै कमिटी सदस्यहरुमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की रहेका छन्।

रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन्।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस