आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने अहिलेसम्मकै उच्च भएको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोालको ४ हजार ८ सय ३५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस