सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा आज (अइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत शुक्रबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी हो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा चार हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस