सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको २ लाख ६१ हजार ७०० रुपैयाँबाट बढेर मंगलबार २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस