तोलामा ३५०० सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल १ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस