एमाले महाधिवेशनमा पीन अध्यक्ष ई.डा. भेषराज थापाको उमेदवारी

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले उमेदवारी घोषणा गरेका छन् । स्वच्छ, पेशागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको उनको जोड छ ।

जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका विज्ञ डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

उनी सिंचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

डा. थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन् । उनले टेक्निकल स्टुडेन्ट्स एशोसिएसन नेपाल (सान) तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा नेतृत्व तहमा रहेर समेत काम गरिसकेका छन् ।

एमालेको ११औँ महाधिवेशनले युवा नेतृत्व, नीति आधुनिकीकरण र पेशागत सहभागितामा जोड दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस