भारतमा बिक्री हुने सबै स्मार्टफोनमा ‘सञ्चार साथी’ नामको सरकारी एप अनिवार्य

भारतको दूरसञ्चार विभागले भारतमा सन् २०२६ को मार्चदेखि बिक्री हुने सबै स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ नामको एप इन्स्टल गरेर मात्रै बजारमा पठाउन निर्देशन दिएको छ ।

विभागले निर्माताहरूलाई नयाँ स्मार्टफोनहरूमा सरकारी एप राख्न निर्देशन दिँदै त्यो एप प्रयोगकर्ताहरूले पछि निष्क्रिय पार्न वा हटाउन नसक्ने बनाउन भनेको बीबीसीले जनाएको छ । यो एप मोबाइल उपकरणहरूमा उपयोग हुने आईएमईआईको आधिकारिकता पुष्टि गर्न प्रयोग गरिने विभागले जनाएको छ ।

‘सञ्चार साथी’ साइबर सुरक्षाको एउटा टूल हो । सन् २०२५ को जनवरी १७ मा मोबाइल एपका रूपमा शुरू भएको हो । यसको प्रयोगबाट भारतमा ३७ लाख वटाभन्दा धेरै चोरी भएका वा हराएका मोबाइल फोन ब्लक गरेको र तीमध्ये २३ लाख वटा फोन फेला पार्न सघाएको सरकारी दाबी छ । यो एप भारत सरकारको दूरसञ्चार सुरक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

विपक्षी दलसहित अभियन्ताहरूले भने फोनमा पहिल्यै इन्स्टल गर्न लगाई हटाउनसमेत नदिई सरकारले कल, सन्देश र स्थान निगरानी गर्न लागेको भन्दै विरोध गरेका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस