मुख्यमन्त्री अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित

काठमाडौं । विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ ।

बिहान साढे ८ बजे विश्वासको मत लिने कार्यसूची रहेकोमा मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम कात्तिक २४ गते यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

असंवैधानिक ढंगले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले प्रदेशसभा प्रमुख भण्डारीलाई पदमुक्त गरेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस