आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार (मंसिर १४) नेपाली बजारका सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४९० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार १ तोला चाँदी ३ हजार ३४५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस