ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं– मंगलवार सुन र चाँदीको मूल्यमा ठूलो बढोत्तरी देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा २ लाख ४२ हजार ७०० रहेको छापावाल सुनको मूल्य मंगलवार २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।

चाँदी पनि मंगलवार मूल्य वृद्धिसँगै तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको छ।

बजार विश्लेषकहरूले यस वृद्धिलाई अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको माग र आपूर्ति असन्तुलनसँग जोडेर व्याख्या गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस