दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठान, जाजरकोट लगायतका पहाडी तथा हिमाली जिल्लामा इन्फ्लुएन्जा संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले भाइरल निमोनिया का बिरामी उल्लेख्य रूपमा बढिरहेका छन्। बालबालिका र वृद्धवृद्धा विशेष रूपमा जोखिममा छन्, कारण उनीहरूको प्रतिरोधात्मक क्षमता कमजोर हुनु तथा समयमै उपचारको अभाव।
—किन पहाडी–हिमाली क्षेत्रमा अवस्था गम्भीर?
- चिसो मौसम र सुख्खा हावाले भाइरस छिटो फैलिनु
- स्वास्थ्य सेवा केन्द्र टाढा, उपचार पाउन ढिलाइ
- भीडभाड र विद्यालयमार्फत संक्रमण फैलिनु
- इन्फ्लुएन्जा खोपको पहुँच कमजोर
—इन्फ्लुएन्जा भ्याक्सिन महँगो, ग्रामीण र दूरदराजका जनतामा पहुँच अत्यन्त सीमित
इन्फ्लुएन्जाबाट जोगिनको लागि सबैभन्दा प्रभावकारी साधन भ्याक्सिन(खोप) नै भए पनि यसको मूल्य धेरै परिवारले धान्न नसकिने जति महँगो पर्छ।
—दूरदराजका ठाउँमा समस्या झन् गम्भीर छ:
- खोपको मूल्य+यात्रा खर्च धेरै
- नजिकै स्वास्थ्य संस्था नहुँदा खोप लिन लामो दूरी हिँड्नुपर्ने
- आर्थिक स्थिति कमजोर भएकाहरूले खोप प्राथमिकता भन्दा तल राख्न बाध्य हुने
- यसैले सबैभन्दा जोखिममा रहेका बालबालिका र वृद्धवृद्धा खोपबाट वञ्चित भइरहेका छन्।
—नेपाल सरकारले इन्फ्लुएन्जा भ्याक्सिन निःशुल्क उपलब्ध गराउनुपर्ने माग
- स्वास्थ्यविद्हरू, स्थानीय तह तथा जनस्वास्थ्य अभियन्ताहरूको तर्कमा—
- प्रत्येक बालबालिका, ६० वर्षअघि माथिका सबै वृद्धवृद्धा बुबा–आमालाई इन्फ्लुएन्जा भ्याक्सिन सरकारले निःशुल्क रूपमा उपलब्ध गराउनैपर्ने स्थिति निर्माण भएको छ।यसले:
- जोखिम समूहमा संक्रमण र निमोनियाको दर घटाउने,
- अस्पताल भर्ना तथा जटिलता कम गर्ने,
- मृत्यु दर ठूलो मात्रामा घटाउने,
- ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई स्वास्थ्य सुरक्षाको समान अवसर दिने जस्ता प्रत्यक्ष प्रभाव पार्ने भएकाले निःशुल्क खोप कार्यक्रम तत्काल सुरु गर्नुपर्ने माग उठिरहेको छ।
—बालबालिका र वृद्ध किन सबैभन्दा बढी जोखिममा?
- बालबालिकामा प्रतिरक्षा प्रणाली अपरिपक्व
- वृद्धमा दीर्घरोग र कमजोर प्रतिरोध क्षमता
- सानो संक्रमण पनि उनीहरूमा निमोनियामा बदलिन सक्ने सम्भावना धेरै
—कुन लक्षण देखिए तुरुन्त अस्पताल जानु?
- उच्च ज्वरो
- सास फेर्न गाह्रो
- छाती दुख्ने
- बच्चामा सुस्तपना, दुधरखाना नखानु
- वृद्धमा अत्यधिक थकान वा होसमा कमी
—बच्ने उपायहरू
- उपलब्ध भए इन्फ्लुएन्जा खोप लगाउने
- मास्क, सफाइ, हात धुने
- चिसोबाट जोगाउने
- भीडभाड कम गर्ने
- पोषिलो आहार र प्रशस्त पानी
- लक्षण देखिए स्वास्थ्य संस्थामा तुरुन्त जाँच गराउन अनुरोध गर्दछौँ
Influenza को सङ्क्रमणबाट बच्नको लागि छ महिना पुगेका बालबालिकाले प्रत्येक साल आठ वर्ष पुग्दासम्म र ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले प्रत्येक साल यो भ्याक्सिन लगाउनुपर्दछ। यो भ्याक्सिन आम नागरिकलाई किन्नुपर्ने भएको हुनाले भ्याक्सिन महँगो छ। यसको होलसेल मूल्य ४००० भन्दा माथि छ। नेपाल सरकारलाई अनुरोध छ यो भ्याक्सिन हाम्रा नागरिकलाई निःशुल्क रुपमा उपलब्ध गराइयोस्।


