तोलामा १९०० घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस