बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस