रिङ ब्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट, भोलि पेसी

नेपाल टेलिकमका ल्याण्डलाइन र मोबाइलमा बजाइने रिङ ब्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता विमल पोखरेलले आइतबार दर्ता गरेको रिटमा टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ।

यसअघि सर्वोच्चका रजिष्ट्रारले दरपीठ गरेको रिट बदर गरी दर्ता गर्न आदेश दिइसकेपछि भदौ ३ गते (मंगलबार) पेसी तोकिएको हो।

रिटमा ‘अनावश्यक’ रिङ ब्याक टोनले उपभोक्तालाई असुविधा पुर्‍याउने, वैकल्पिक रूपमा विदेशी एप प्रयोग गर्न बाध्य बनाउने र त्यसले मुलुकको राजस्वमा घाटा पुर्‍याउने दाबी गरिएको छ।

साथै, राष्ट्रिय विपद् वा महामारीबाहेक अन्य अवस्थामा यस्तो सेवा तत्काल बन्द गर्न माग गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस