प्रधानमन्त्रीको ओलीको उपस्थितिमा विद्याको राजनीतिक सम्बोधन

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिक यात्रा र मुलुकको राजनीतिक अवस्थाबारे विशेष सम्बोधन गर्ने भएकी छिन्।

एमालेका पूर्व महासचिव मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मातृ पार्टी एमालेको राजनीति प्रवेश गर्ने र मुलुकको समसामयिक राजनीतिबारे सम्बोधन गर्ने भएकी हुन् ।

एमालेको राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला भण्डारीले असार १४ गते विशेष सम्बोधन गर्न लागेकी हुन् । असार १४ मा नेपाल राष्ट्रियसभामा ७४औँ मदन जयन्ती मनाउने क्रममा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्न लागेकी भण्डारी निकट रहेका नेताहरुको दाबी छ । अहिले कार्यक्रमका प्रमुख अतिथि ओली छन् भने भण्डारीलाई विशिष्ट अतिथि बनाइएको छ।

एमाले विधानबाट केही समयका लागि निलम्बन गरिएको ७० वर्षे उमेर हदको व्यवस्था कायम गराउन नेताहरूले जोडबल गरिरहेका छन् । अहिले यो व्यवस्था निलम्बनमा रहेको छ ।

अध्यक्ष ओली संरक्षक रहेका कारण पनि अहिलेसम्म फाउन्डेसनका कार्यक्रम छैनन् । भण्डारीले राजनीतिमा सक्रिय हुने सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री ओली अनुपस्थित हुने चर्चा चलेको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कने सम्भावना बढिरहेका चर्चा उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने हल्ला चलाइएको हो । यद्यपि प्रधानमन्त्री ओली फाउण्डेशनको संरक्षक रहेका छन् ।

मदन भण्डारी फाउण्डेशनले प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आमन्त्रण गरेको छ । प्रधानमन्त्रीज्यूको विदेश भ्रमण छ, छोटो समयका लागि कार्यक्रममा उपस्थित हुनुहुन्छ, कार्यक्रमको अन्तिम समयसम्म सहभागी हुने सम्भावना भने कम छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले भने ।

लामो समय देखि भण्डारी र ओलीबिच बढ्दै गएको दूरीका कारण पनि प्रधानमन्त्री ओली अनुपस्थित हुने चर्चा चलाइएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले युरोपेली राष्ट्र स्पेनको औपचारिक भ्रमणको कार्यक्रम भएकोले दिउसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा संशोधन गरेर भ्रमणका लागि निस्कने बताइसकेका छन् ।

यसैबिच पार्टी भित्र खुम्चिएको लोकतन्त्रलाई संशोधन गर्ने गरी पूर्व राष्ट्रपति भण्डारीले महत्त्वपूर्ण घोषणा गर्ने एमाले कार्यकर्ताले अपेक्षा गरेका छन् । असार १४ को घोषणा महत्त्वपूर्ण मानिएको छ। यता प्रधानमन्त्री केपी शर्मा ओली भने युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार त्यसतर्फ जाने भएका छन् ।

उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले प्रधानमन्त्रीज्यूले समय दिएपछि नै कार्यक्रम तय भएको र उहाँले सम्बोधन गर्ने बताइन ।

‘प्रधानमन्त्रीज्यूकै समय तय भएपछि मात्रै कार्यक्रम तय भएको हो, उहाँले कार्यक्रमलाई सम्बोधन गरेर स्पेन जाने बताउनु भएको छ’, भण्डारीले भनिन ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस