तुलसीपुरको घुसेरीमा गोठमा चट्याङ परि आगलागी हुदा १० लाखको क्षति

तुलसीपुर / दाङको तुलसीपुरमा चट्याङ परि एक गोठमा आगलागी हुदा १० लाख बराबरको क्षति भएको छ।

गएराती साढे ११ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका -७ घुसेरीका सागर पौडेललेको गाई बस्तु बाध्ने टिनले छाएको २ तले कच्ची गोठमा चट्याङ परि आगलागी हुदा १० लाख रुपैयाँ बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले बताए।

आगलागीबाट गोठमा बाधेका २ वटा भैसी, ३ वटा खसी, एउटा बाख्रा र १० वटा कुखुराको जलेर मृत्यु भएको छ भने एउटा भैसी घाइते भएको छ । आगो नियन्त्रणमा लिन अस्थायी प्रहरी पोष्ट पर्सेनीको प्रहरी टोली, दमकल र स्थानियको सहयोगमा बिहान साढे २ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राणाले बताए ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस