मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक पुरानो व्यवस्थामा नफर्किने बताएका छन्।

अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा दाहालले लामो राजनीतिक संघर्ष र जनताको बलले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुक पछि नहट्ने बताए।

उनले भने, ‘यो व्यवस्थाका कमजोरी सुधार्दै अघि बढ्नुपर्छ। राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने गरी काम गर्नुपर्छ।’

दाहालले जनताका समस्या बुझ्न आफू उनीहरूको घरदैलोमा पुग्ने गरेको बताए। कालीगण्डकी करिडोर छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट हरसम्भव प्रयास हुने उनले प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस