विजौरी । दाङ जिल्लाको उत्तरी सिमानालाइ प्राय रोल्पा जिल्लाले छुन्छ, केहि भुभाग प्युठानले । दाङलाइ रोल्पासंग जोड्न यस अघिनै घोराही–होलेरी, भालुवाङ–प्युठान–रोल्पा तथा तुलसीपुर–सल्यान–रोल्पा । यी मध्ये पछिल्लो दशक देखि दाङ जिल्लाको मध्यभाग विजौरीबाट ग्वारखोलाको किनारौ किनार नुवागाउ होलेरी जोड्ने अर्को सडक पनि खुलेको छ ।
यो दुई जिल्लालाई जोड्ने सवैभन्दा कम दुरीको सडक मात्र होइन, पश्चिम दाङलाइ प्युठानको स्वर्गद्धारी सम्म जोड्ने लिंक सडक पनि हो । सडक बनेपनि ग्वारखोलाको रानीवासमा पुल नबन्दा अहिले स्थानियबासीहरुनै कामचलाउ नमुना पुल बनाउन कस्सीएका छन् । सरकार गुहार्दा गुहार्दा हैरान भएपछि स्थानियबासी आफैले मानो मुठि सहयोग जुटाएर बर्षातमा पनि मोटरसाइकल सम्म चल्न सक्ने गरी पक्कि पुल निर्माणको अभियानमा जुटेका छन् । उनीहरुले यसलाइ गाउलेले बनाएको नमुना पुल भन्ने छन् । सरकारलाई पक्कि पुल निर्माणकालागी नैतिक दवाव दिन पनि यसो गरिएको स्थानियबासीहरुले बताएका छन् ।
दाङ–रोल्पा सडक खण्ड अन्तर्गत विजौरी–होलेरी सडक खण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्षातको मौसममा आउजाउनै ठप्प हुन्छ । परापुर्व कालदेखिनै रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो । त्यति मात्र होइन, बिरामी पर्दा, उच्च शिक्षाकालागि विद्यार्र्थी पनि त्यही बाटो आउनु पर्छ । तर, ग्वारखोलामा मोटर चल्ने पुल नहुँदा वर्षामा आवत जावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनी मानिस वगाउने पनि गरेको छ । यहि अवस्थालाइ मध्यनजरगर्दै ग्वार खोलामा पुल निर्माणका स्थानिय जुटेका छन् । कसैले सरीया सहयोग, कसैले सिमेन्ट सहयोग, कसैले श्रमदान त कसैले नगद सहयोग जुटाएर मोटरसाइकल सम्म चलाउन सकिने पुल निर्माण गर्न आफुहरु जुटेको ती स्थानियहरुले साक्षिखवरलाइ बताए ।
प्रदेश सरकारले सो सडक स्तरोन्नती संगै रानीवासमा पक्कि पुल बनाउनकालागी चालु आर्थिक बर्षमा १ करोड ३० लाख रुपैया विनियोजन पनि गरेको थियो । तर ग्वारखोलामा हाइड्याम परीयोजना सन्चालन गर्ने भन्दै यहिकै नेताले नयां वखेढा झिकेपछि पुलको बजेट अन्यत्रै गएको बताइएको छ । चालु आर्थिक बर्षको करीव डेढ महिना मात्रै बांकि रहदा पनि पुल ठेक्का हुन नसकेपछि स्थानियले आसै मारेर आफै पुल बनाउन जुटेको रुण्टिगढि गाउपालिकाका स्थानियबासी प्रशान्त पुनले भने । ’विसं २०७० मा उक्त सडकको ट्रयाक खोलिएको भएपनि १२ वर्षसम्म पनि पुल नबनेपछि स्थानीय आफँैले अहिले पुल निर्माण थालेका प्रशान्तले बताए । स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुलनिर्माण सुरु गरिएको उनले बताए । ठुलो बाढि नआएसम्म बस पनि चल्नेगरी कचवे बनाउने उनीहरुको योजना छ । मोटरसाइकल त वाह्रै महिना चल्न सक्ने बनाउने तयारीमा छन् गाउलेहरु ।
‘वर्षा आउँदैछ, हिँड्न लाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन’, पुनले भने, ‘वर्षामा दुःख बिरामी पर्दा अस्पताल सम्म लिने त हुनु पर्योे, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ ।’
सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताए । ‘हामी सँग अहिले पैसा छैन, आर्थिक सहयोग संकलन गरेर काम अगाडि बढाइ रहेका छौ’, उनले भने, ‘सबैले सहयोग गरे काम सम्भव पनि छ ।’ स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । सरकारले बाटो बनाएपनि पुल नबनाउँदा यसरी सास्ती खेप्नु परेको उनको गुनासो छ । पुल नबन्दा छ महिना उक्त सडक सञ्चाल नहुने र छ महिना ठप्प हुने अवस्था आएको पुनले बताए । रुकुमको चुनवाङ सम्म जोड्ने उक्त सडकको स्तर वृद्धिकालागि पटक पटक सम्बन्धित निकायमा गएको भएपनि सुनुवाइ नभएको दाङ स्थित विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले बताए । यदि सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने पनि उनले बताए । उक्त सडक विस्तार भएमा व्यापरिक हिसाबले पनि फाइदा पुग्ने उनको भनाइ छ । सोही सडकमा पुल निर्माणका लागि पहल लाई निरन्तरत ादिने उनले प्रतिबद्धता जनाए ।
विजौरीबाट होलरी सम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र विजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्र समेत भइ सकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवत जावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका–८ का वडाध्यक्ष तुलसी पुन मगरले बताइन् । ‘बीचमा बाटो स्तरवृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन’, उनले भनिन्, ‘त्यसले गर्दा आवत जावतमा निकै कठिनाइ हुने गरेको छ ।’
अझै पनि अस्थाइ रुट कायम हुन सकेन
यसैबीच सो सडक खण्डमा करिव एक दशकदेखि सार्वजनिक सडक यातायात सेवा चल्दै आएपनि सरकारी निकायले अझै पनि सो सडक खण्डमा अस्थाइ रुट कायम गर्न सकेको छैन । यसले गर्दा दुर्घटना भएको अवस्थामा विमा दावी गर्न लगायत थुप्रै विषयमा समस्या हुन सो सडक क्षेत्रमा सवारी चलाउने यातायात व्यवसायीहरुले बताएका छन् । सो सडक खण्डमा अस्थाइ रुट साथै भाडादर कायम गर्न संबन्धित यातायात व्यवसायी प्रालि मार्फत यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण गराएपनि रुट र भाडा कायम हुन नसकेको एक जना यातायात व्यवसायीले बताए ।
प्रचलित यातायात कानुन अनुसार कुनैपनि सडकमा नयां रुट प्रदान गर्न र भाडादर निर्धारणको सिफारीस गर्न संबन्धित जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा एउटा समिति बनेको हुन्छ । त्यसको सदस्य सचिवमा संबन्धित क्षेत्र हेर्ने यातायात व्यवस्था कार्यालयका प्रमुख हुन्छन् । त्यसैगरी समितिका अन्य सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सडक पुर्वाधार कार्यालयका प्रतिनिधि तथा संबन्धित जिल्ला टूाफिक प्रहरी कार्यालयका प्रमुख रहने व्यवस्था छ । समितिले सडकको स्थलगत अनुगमन गरी बैठक बसेर आवस्यक देखिएमा अस्थाइ रुट कायम गर्नकालागी प्रदेश सरकारको यातायात मन्त्रालयमा सिफारीस गरेपछि मात्र यातायात मन्त्रालयले रुट कायम गर्न सक्ने बैधानिक प्राव्धान रहेको छ ।
साक्षी खबरवाट


