खानेपानी गुणस्तर सम्वन्धि दुइ दिने कार्यशाला गोष्ठी हुदैं

तुलसीपुर । राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले दाङका १० वटै पालिका भित्रका खानेपानी समितिलाई भेला गराई खानेपानी आयोजनाहरुको व्यवस्थापन तथा खानेपानी गुणस्तर सम्बन्धि दुइ दिने कार्याशाला गोष्ठी हुने भएको छ ।
तुलसीपुरमा सम्पन्न पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष खेमराज वलीले पानीको श्रोत के कस्तो छ अनि हामीले खाइरहेको पानिको गुणस्तर के कस्तो छ भन्ने विषयमा पुरा जानकारी हुनेछ ।

साथै खानेपानी आयोजनाहरुको यथार्थ चित्रण पनि आउने छ । त्यसका लागि पनि दुइदिने यो कार्यशाला गोष्ठी महत्वपूर्ण हुनेछ । साथै खानेपानीका लागि स्थानिय तह, प्रदेश अनि संघिय सरकारलाई पनि खानेपानी प्रति ध्यान पनि पुग्नेछ अध्यक्ष वलीले भने ।
पछिल्लो चरणमा दाङमा खानेपानीको संकट चुलिदै गएको छ यस तर्फ पनि राज्यले सोच्न वाध्य हुनेछन । सबै क्षेत्रका विज्ञहरु अव यस खानेपानीका विषयमा गंभिर हुन आवश्यक छ अध्यक्ष वलीले भने ।

कतिपय उपभोक्ता समितिहरुले पनि उपभोक्ताहरुको हकहित सगैे समितिको आफ्नै भूमिकाका वारेमा पनि जानकारी हुनेछ ।
राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सल्लाहाकार तथा खानेपानी विज्ञ चोक प्रसाद धितालले यो गोष्ठिमा दाङ जिल्लाको पछिल्लो चरणको खानेपानीको यथार्थ आउने भन्दै यस तर्फ सबैको चासोको विषय हुन आवश्यक छ भने ।

यहि वैशाख १२ र १३ गते तुलसीपुरमा हुने कार्यशाला गोष्ठीमा १ सय २५ देखि १ सय ३० वटा खानेपानी संस्थाहरुको सहभागित रहने छ । साथै एउटा समितिवाट एक जना महिला र एक जना पुरुष सहित उपस्थित हुने महासंघले पत्रकार भेटघाटमा जानकारी गराएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस