
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्दैछ ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक गत आइतबार पनि बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको सबलीकरणका विषय र आन्दोलनलगायत विषयमा छलफल हुनेछ ।
कार्यसम्पादन समितिको मंगलबारको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने कार्यक्रम छ ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार