
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसद्मा उठेका विभिन्न प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक समयमा प्रश्न उठाएपछि सभामुख घिमिरेले कुलमानबारे यर्थाथ जानकारी दिन ऊर्जा जलस्रोत तथा सिचाईंमन्त्री दीपक खड्कालाई रुलिङ गरेका हुन् ।
‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’ सभामुखले भने।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा माओवादी सांसद हितराज पाण्डे, रास्वपाका मनिष झा र राप्रपानका ज्ञानेन्द्र शाहीले सरकारले कुलमानलाई हटाउन खोजेको भन्दै आपत्ति जनाएका थिए ।