सत्तारुढ सांसदलाई ह्विप, २१ गते अध्यादेश स्वीकृत गर्ने कार्यसूची

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले आफ्ना दलका सांसदलाई २१ गतेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन ह्विप जारी गरेका छन् ।

सरकारले प्रस्तुत गरेका ६ मध्ये पाँच विधेयक स्वीकृतिका लागि पेस गर्ने भएपछि ती दलका तर्फबाट सांसदलाई ह्विप जारी गरिएको हो ।

ह्विपमा भनिएको छ, ‘‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ ।’’

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस