
तुलसिपुर / हालका वर्षहरूमा सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको आकर्षण बढ्दै गएको छ। शिक्षाको गुणस्तर सुधार, अनुभवी शिक्षकहरूको व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग, र विविध शैक्षिक कार्यक्रमहरूले सामुदायिक विद्यालयप्रति विश्वास पुनःस्थापित गरेको देखिएकाे छ ।
तुलसिपुर उपमहानगरपालिका वडा न ३ मा रहेकाे सरस्वती माविकाे ४८ आै वार्षिकाेत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले भन्नुभयाे “सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विभिन्न सुधार कार्यक्रमहरू लागु गरिएका छन्, जसका कारण विद्यार्थीहरूको संख्या वृद्धि भएको हो।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्षका अध्यक्ष तर्णबहादुर खड्काकाे अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खड्काले शिक्षाको स्तर वृद्धिका लागि स्थानीय समुदाय र सरकारबीच समन्वय अझ प्रभावकारी बनाउन आवश्यक रहेकाे बताउनुभयाे ।
कार्यक्रममा सामाजिक विकास समिति संयाेेजक मानबहादुर रावत,वडा न ३ वडाध्यक्ष वीरबहादुर विक ,शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी , विद्यालयका पूर्व अध्यक्ष वसन्तप्रसाद न्याैपानेले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा उत्कृष्ट शिक्षकारूपमा शाेभाराम डाँगी,विमला आचार्य,ज्ञानु केसि र कविता बुढालाई सम्मान गरिएकाे छ ।
कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक प्रकाश शर्माले गर्नुभएकाे थियाे ।