काठमाडौं । आज सेयर बजार २५४२ अंकमा कायम भएको छ । अघिल्लो दिन १५ अंक बढेको नेप्से परिसूचक विहिवार ४.६६ अंक बढ्यो । यो साता बजार लगातार तीन दिन सकारात्मक देखियो ।
बजारको उतारचढाव आज न्यून रह्यो । दिनभर न्यूनतम अंक २५३३ देखि अधिकतम २५४५ अंकको बीचमा नेप्से रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन २ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४६ करोडको भयो ।
१४५ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने १० को स्थिर रह्यो । आज लगानी समूह सबैभन्दा धेरै १.२६ प्रतिशत बढ्यो । त्यस्तै व्यापार १.०९ प्रतिशत बढ्यो । अरु सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२४, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.२७ प्रतिशत बढे ।
फाइनान्स ०.३४, जलविद्युत् ०.२३, निर्जीवन बीमा ०.२८ तथा अन्य ०.३६ प्रतिशत घटे । विन नेपाल लघुवित्तको मूल्य ८.७६, चिरख्वा हाइड्रोपावरको ८.५६, आशा लघुवित्तको ८.२९, मायाखोला हाइड्रोपावरको ७.८४, माउन्ट एभरेस्ट पावरको ६.४५, रिलायन्स स्पिनिङ मिल्सको ५.०१ प्रतिशत मूल्य बढ्यो ।
पियोर इनर्जीको मूल्य सबैभन्दा धेरै १३.३३ प्रतिशत घट्यो । आत्मनिर्भर लघुवित्तको ६.१०, सेन्ट्रल फाइनान्सको ५.७६, स्वाभिमान लघुवित्तको ४.३८ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सानिमा मिडिल तमोर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, आँखुखोला जलविद्युत्, रिडी पावर क्रमशः अगाडि रहे ।


