जुरपनिया मैनातारा खानेपानीको नबौं साधारणसभा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका—१८ र १९ का उपभोक्तालाइ खानेपानी उपलव्ध गराउदै आएको जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नबौं साधारणसभा सनीवार सम्पन्न भएको छ । साधारणसभामा सहभागिहरुले खानेपानीलाइ नेपालको संविधान २०७२ ले मौलिक हकका रुपमा स्थापित गरेपनि पछिल्लो समयमा खानेपानी महंगो बन्दै गएको बताएका छन् ।

खानेपानी समितिका अध्यक्ष रामकुमार डांगिको अध्यक्षतामा भएको साधारणसभामा सहभागिहरुले खानेपानीमा राज्यले अनावस्यक कर सहित उपभोक्तालाइ समेत महशुल तिर्न बाध्य बनाएकाले महंगो भएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भने उपभोक्तालाइ सहज रुपमा खानेपानी उपलव्ध गराउन आफु प्रतिवद्ध रहेको बताए । मेयर खड्का सोहि संस्थाका उपभोक्ता मात्र नभएर निवर्तमान अध्यक्ष पनि हुन् । ‘म आफै मेयर भएका वेला यहाका उपभोक्ताहरुलाइ खानेपानीको समस्या हुन अवस्य दिने छैन, यसकालागी हरेक विकल्प खोजिरहेको छु’, प्रमुख अतिथि खड्काले भने । कार्यव्यस्तताका कारण निर्धारित समय भन्दा निकै ढिलो उपस्थीत भएका प्रमुख अतिथि खड्काले जुरपनिया मैनातारा खानेपानीका उपभोक्ताहरुलाइ सहज खानेपानी उपलव्ध गराउन श्रोत थप्नुको कुनै विकल्प नभएको बताए । यसकालागी डिपवोरीङ गर्ने र ओभरहेड ट्यांकि निर्माण गर्नकालागी उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गर्नै पनि समितिका पदाधिकारीहरुलाइ आग्रह गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि तथा खानेपानी डिभिजन कार्यालय घोराहीका प्रमुख तिलक न्यौपानेले मुहानदेखि मुखसम्मै उपभोक्ताले सुद्ध पिउने पानी पाउनुपर्ने भन्दै यसकालागी राज्यले खानेपानीमा लगानी बढाउनुपर्ने बताए । ‘खानेपानी पछिल्लो समयमा चुनौति बन्दै गएको छ, तर राज्यको यसमा लगानी घट्दो क्रममा छ’, विशिष्ठ अतिथि न्यौपानेले भने । पानीमा लगानी बढाउन तीनै तहका सरकारका प्रतिनिधिहरुले पहल गर्नुपर्ने पनि उनको आग्रह थियो । जलवायु परीवर्तनको प्रभावका कारण बर्षेनी पानीका मुहानहरु सुक्दै गएको र जमिनमुनीको पानीको सतह पनि भासिदै गएकाले पानीको सहज आपुर्ति पछिल्लो समयमा चुनौति बन्दै गएको पनि उनको अभिव्यक्ति थियो । त्यसकालागी उपभोक्ता संस्थाहरु मुहान संरक्षणको अभियानमा पनि जोडिनु पर्ने उनको सुझाव थियो ।

साधारणसभामा समितिका सचिव दामोदर बस्नेत(राकेश)ले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष एम केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष शेषमणि कंवरको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१८ का सभापति विरेन्द्र खड्का, माओवादी केन्द्रका वडा अध्यक्ष डिल्ली ददेल, एमालेका वडा इकाइ अध्यक्ष कमानसिह खड्का, राष्ट्रिय स्वतन्त्र पार्टि तुलसीपुर—१८ का इकाइ सभापति शिवराज केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी साधारणसभामा खानेपानी संस्थाका प्रतिनिधिहरु मध्ये तुलसीपुर खानेपानीका अध्यक्ष एमकान्त भण्डारी, वेलझुण्डि खानेपानीका अध्यक्ष प्रदिप गौतम, छर्छरे खानेपानी संस्थाका सचिव आशाराम नेपाली(शंकर)ले खानेपानीलाइ संविधानले मौलिक हकका रुपमा स्थापित गरेकाले यसमा राज्यले लगानी बढाउनुपर्ने सुझाव राखेका थिए ।

सो अवसरमा जुरपनिया मैनातारा खानेपानी संस्थाका सल्लाहकार हिमवहादुर डांगि, युवराज खड्का, लोक वहादुर वहकरी, शेर वहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सचिव मुकेश ओलि लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष शेषमणि कवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव राकेश बस्नेतले गरेका थिए । साथै साधारणसभाको बन्द सत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारीत गरेको सचिव राकेश बस्नेतले बताएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस