
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछाने फसाउनमा सम्पूर्ण राज्यशक्ति लागेको बताएका छन् । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सरकार बलियो त्यतिबेला देखिन्छ, जतिबेला प्रतिशोध साँध्नु पर्छ । त्यसको उदाहरण त रवि लामिछाने नै हुनुहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष नजोडिएको उहाँलाई सबैभन्दा ठूलो सहकारी ठगको रूपमा देशभरि दौडाइँदैछ । हिजो उहाँलाई ठूला ठूला अफर गर्नेहरू न्यायपालिकालाई धम्क्याएर पनि फसाइ छाड्ने योजनामा छन् । अदालतले धरौटीमा छाडिसकेपछि उहाँको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ रु पुनः समीक्षा गरियोस् । राजनीतिक प्रतिशोधबाट सम्पत्ति शुद्धीकरण लाग्ने र सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यो कहाँसम्म जाला ?,’ उनले भने ।
‘रवि लामिछानेलाई सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइयो’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाएको टिप्प्णी गरेका छन् । ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ’, बिहीबारको संसद बैठकलाई संवोधन गर्दै उनले भने, ‘हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइछाड्ने षड्यन्त्रमा छन्। त्यसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’
उनले अदालतहरुले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ? भन्दै सभामुख देवराज घिमिरेलाई पनि प्रश्न गरे । ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ ? सहकारी ठगीमा सरकारको मापदन्ड अन्यायपूर्ण मात्र छैन, अपराधपूर्ण छ’, प्रचण्डले भने ।