
दाङको दंगिशरण गाउँपालिका वडा न ५ डाँडाचिसका महिलाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम दिन सुरु गरिएको छ । नेपाल भारत मैत्री संघ हेकुली उपशाखाको संयोजनमा दंंगीशरण गाउँपालिका वडा नम्बर ५ का ३०जना महिलाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम दिन सुरु गरिएको हो ।तीन महिना सम्म संचालन हुने तालिमको शुक्रबार एक कार्यक्रमका बिच दंगीशरण गाउपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गर्नु भएको छ ।
तालिमको उद्घाटन गर्दै अध्यक्षले मित्र राष्ट्र भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल भारत मैत्री संघ हेकुली उपशाखाको संयोजनमा एडभान्स तालीम दिन लागेकोमा खुशि ब्यक्त गर्नु भयो । अध्यक्षले आफैले सिप सिकेर आर्थिक उपार्जन गर्न सकेमा महिला हिँसाको कमी हुनुका साथै सुखी परिवार बनाउन समेत टेवा पुग्ने भन्दै अल्छी नगरी सिप सिक्न महिलाहरुलाई आग्रह गर्नु भयो । उहाँले समाजमा महिला, पुरुष बिच समानता ल्याउन चुलोचौकोमा सिमित रहेका महिलाहरुलाई सिप सिकाई आर्थिक रुपमा सक्षम बनाउन अति जरुरी रहेकाले यो तालिम संचालन गरिएको बताउनुभयो ।
सिप सिकी दक्ष बनेर पालिकामै प्रशिक्षक र उद्यमी बन्न सवै महिलाहरुलाई आग्रह गर्नु भएको छ । यस अघि धेरै सिपमूलक तालिमहरु संचालन भए पनि दिगो नभएको भन्दै यो तालिम लिएका महिलाहरुले पनि सिकेको सिपको सदुपयोग गरी आयआर्जनमा लाग्ने विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा बोल्दै प्रमुख अथीति गिरीले नेपाल र भारतबीचको परापूर्वकालदेखिको मैत्री सम्बन्धलाई समय सापेक्ष रुपमा सुदृढ बनाउनुपर्ने बताउनुभयो । साथै दुबै देशका जनताबीच सुसम्बन्ध स्थापना गर्दै सामाजिक आर्थिक विकाशका विविध क्षेत्रमा परम्पर सहयोग र सद्भावलाई मूर्त रुप दिने, दिलाउने कार्यमा गर्नुपर्ने भन्दै सम्पूर्णमा शुभकामना दिनुभयो त्यसैगरि दंगीशरण गाउपालिका वडा न ५ का वडाअध्यक्ष निरज बस्नतले तालिम पछि आफनो सिपलाई नियमिता दिए मात्र दक्ष बन्न सकिने बताउनु भयो उहाँले आफनो तर्फवाट सहकार्य र सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा नेपाल भातर मैत्री संघका केन्द्रीय उपाध्यक्ष बासुदेव रिमालले नेपाल र भारतको भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण छन् । भारत र नेपालको संस्कृति, भाषा र धर्मको अन्य मुलुकको तुलनामा विशेष सम्बन्ध रहेको बताउदै अगामी दिनमा पनि यस्तै नै रहने भन्दै सम्पूर्णमा गणतन्त्र दिवसको शुभकामना दिनु भयो । भारत गणतन्त्र दिवसको उपलक्ष्यमा दिदी बहिनीहरुलाई आत्म निर्भर उद्यमी बनाउने उदेश्यले तालिमकोआयोजना गरेको बताए उनले दिदि बहिनीहरुको लगनशिलता र चाहना भएमा थप कार्यक्रम पनि ल्याउने प्रतिवद्धता गरे ।

कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउपालिका अध्यक्ष शम्भु गिरीले रिवन काटेर उदघाटन गरेको कार्यक्रममा दंगीशरण गाउपालिका वडा न ५का निवर्तमान वडा अध्यक्ष दिपक गौतम , वडा सदस्य ममता चौधरी , निमा चौधरी , नेपाल भारत मैत्री संघका हेकुली उपशाखाका कोषाध्यक्ष नारायण आचार्य , सदस्य राकेश बस्नेत , माधव ओली , शुवास अधिकारी लगायतकाले शुभकामना दिएका थिए । हेकुली उपशाखाका अध्यक्ष बंशीकुमार शर्माको स्वागत मन्त्ब्यबाट सुरु भएको कार्यक्रम नेपाल भारत मैत्री संघ दाङ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य शिसिर लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यमप्रसाद भुसालले गर्नु भएको थियो ।
