
तुलसीपुर । राजनितिज्ञ एवम समाजसेवी पूर्व राष्ट्रीय पंञ्चायत सदस्य , राष्ट्रबादी ,देशभक्त मूर्धन्य ब्यक्तीत्व स्व० देब बहादुर केसीको स्मृती ग्रन्थ प्रकाशनकोलागी स्मृति ग्रन्थ सम्पादन समिति गठन भएको छ ।
शिक्षाबिद नवराज रजौरेको संयोजक प्रधान सम्पादक र डिल्ली बहादुर केसी संरक्षक रहने गरि १६ सदस्यी सम्पादक मण्डल शुक्रवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि गठन गरिएको छ ।
जस्मा सह संयोजकमा डिल्लीराज गौतम श्रीधर र सचिवमा नारायण प्रसाद शर्मा रहेका छन् । त्यसैगरि सदस्यहरुमा शेषमणि रिजाल, वलदेव रजौरे , विजय थापा , जनक केसी , बंशीकुमार आचार्य , बंशीकुमार शर्मा ,, खगराज न्यौपाने , भरतकुमार न्यौपाने , भोला गिरी ,श्रीधर शर्मा रहेका छन । सल्लाहकारमा शुश्री यम कुमारी केसी , सुरेन्द्र गिरी चयन भएको सम्पादक मण्डलका सचिव नारायण प्रसाद शर्माले जानकारी गराएका छन् ।
दाङ जिल्लाका प्रतिष्ठीत ब्यक्ती देव बहादुर केसीको संझनामा तयार हुन लागेको स्मृति ग्रन्थ प्रकाशन सम्पादक मण्डलले ग्रन्थको सम्पादन, सामग्री संकलन, तथा प्रकाशन प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
समाजका ऐतिहासीक ब्यक्तीत्व केसीको स्मृति ग्रन्थ एक दस्तावेजी प्रकाशन हुनेछ जसले सम्बन्धित व्यक्तित्वको योगदान, विचार, र उपलब्धिहरूलाई उजागर गर्छ। सम्पादक मण्डलल सामग्री संकलनः संस्मरण, लेख, अनुसन्धानात्मक सामग्री संकलन गर्ने।लेखक तथा विज्ञहरूसँग समन्वयः प्रतिष्ठित लेखक, अनुसन्धानकर्ता, र समकालीन व्यक्तिहरूसँग सहकार्य गरि सम्पादन तथा रूपरेखा निर्माणः लेखहरूको सम्पादन गर्दै स्मृति ग्रन्थलाई व्यवस्थित रूप दिने संरक्षक डिल्ली बहादुर केसीले जानकारी गराए ।
गठन भएको सम्पादक मण्डलमा विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरू रहेका छन्। मण्डलमा शिक्षाबिद , पत्रकार, साहित्यकार, अनुसन्धानकर्ता, तथा समाजसेवीहरूको संलग्नता छ।
उक्त ग्रन्थले ृसम्बन्धित व्यक्तित्व वा विषये को जीवनी, योगदान तथा अन्य ऐतिहासिक विवरण समेट्नेछ। सम्पादक मण्डलका अनुसार ग्रन्थ प्रकाशनको कार्य निर्धारित समयभित्रै सम्पन्न गरिनेछ। यस ग्रन्थ प्रकाशनले समाजमा महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।