
तुलसीपुर / तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका १६ रावतगाउँमा बिजौरीबाट भेलहितर्फ जाँदै गरेको रा ८ प ३१७९ नं को स्कुटी अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दुर्घटनामा मृत्यु हुनेमा स्कुटीमा सवार तुलसीपुर उपमहानगरपालिका ६ निवासी २८ वर्षिय सुदिप चौधरी(बाबुराम ) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। गम्भीर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारका पछि थप उपचारको लागि नेपालगन्जको नर्सिङहोममा लगिएको थियो।
उनको बिहिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार