
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता रमेश वडालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा महान्यायाधिवक्ता वडालले उक्त प्रतिवेदन पेश गरेका हुन् ।
महान्यायाधिवक्ता वडालले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी (भट्टराई)ले जानकारी दिइन् ।
नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार