
तुलसिपुर । पृथ्वीनारायण शाहले एकीकरण गर्नू पहिले लिगलिग काेटकाे राजा दाैडबाटै छानिन्थ्याे । राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा छिल्लीकाेट दाैड आयाेजना गरिएकाे छ।
नेपाल सेना १९ बाहिनीकाे समन्वय तुलसिपुर उपमहानगरपालिका र रणसिहं दल गणकाे संयुक्त आयाेजनामा छिल्लीकाेट दाैड आयाेजना गरिएकाे हाे ।
दाैडमा प्रथम रामजी बस्नेत प्रमाणपत्रसहित २०हजार, द्वितीय विशालकुमार महत,१५ हजार र तृतीय एकेन्द्र कार्कीलाई दस हजार र खगिसरा रावल शान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
तुलसिपुर १८ दुधरासदेखि छिल्लीकाेटसम्म धावन दुरी १२ किलाेमिटर रहेकाे थियाे ।
तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले छिल्लीकाेट गढीकारुपमा रहेकाले यसकाे ऐतिहासिक दरबार क्षेत्रकाे उत्खनन् गरिनुपर्ने बताउनुभयाे ।उहाँले छिल्लीकाेट क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साससिक खेल जीपलाइन,हाेमस्टे सञ्चालनमा आएकाे र खानेपानी,विद्युत र सडक पूर्वाधार निर्माणकै चरणमा भएकाे बताउनुभयाे ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाैड प्रतियाेगिताले खेलाडीहरुमा उत्साहका साथै छिल्लीकाेट प्रसार प्रचारमा टेवा पुगेकाे बताउनुभयाे ।
तुलसिपुर उपमहानगरपालिका वडा न १९ वडाध्यक्ष प्रेमनाथ याेगीले राष्ट्रिय एकता दिवसले छिल्लीकाेटकाे ईतिहासलाई परिचित गराउने अवसर दिलाएकाे बताउनुभयाे ।
वि.सं.१५५०देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको इतिहास छ । छिल्लीकाेटका अन्तिम राजा वीरभद्र शाह थिए । १५५०देखि १८४३ सालसम्म दुई सय ९३ वर्ष राज्य गरेको ऐतिहासिक तथ्य छन्। १८४३ कार्तिक १९ गते दामोदर पाण्डे,जगतजित पाण्डे,सर्दार प्रबल राना,सुब्बा फौदसिंह खत्रीसहितको टोलीले बिनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरि नेपालमा गाभिएकाे थियाे ।