रास्वपामा परिवारवाद् भएको भन्दै एमालेमा प्रवेश

दाङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का एक नेताले सो पार्टी परित्याग गरेका छन्। रास्वपा लमही नगरकमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन्।

रास्वपामा परिवारवाद्, संगठन निर्माणको क्रममा देखिएको विचलन, समाज रुपान्तरणको निमित्त दुरदृष्टीको अभाव, इमानदार ऊर्जावान साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उनले सो पार्टी परित्याग गरेको घोषण गरेका हुन्।

रास्वपा परित्यागगरेलगत्तै उनी एमाले प्रवेश गरेको घोषणा पनि गरेका छन्।

आचार्यलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, नगर अध्यक्ष रतनकुमार केसीलगायतले स्वागत गरेका छन्।

विज्ञप्ति:

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस