विजौरी / ५ जना स्कूलको ड्रेस लगाएका छात्राहरु पिपलको वोटमुनी टेवलमा अनदीको चामल र सुन्तलाका पोका राखेर भन्दै थिए लौ हजुर अर्गानिक अनदीको चामल आयो लैजानुहोस ।
वाटामा हिड्ने यात्रुहरु एकछिन अडिएर उनीहरुका कुरा सुन्दै कसैले आधि किलो त कसैले एक किलो लैजादै थिए ।
झट्ट हेर्दा स्कूलवाटै भागेर रोजीरोटी गर्न या कापि कलम किन्नका लागि जोहो गदैछन की जस्तो देखिने यि छात्राहरुको यो दृश्यले त्यो वाटो हिड्ने जो काहिलाई पनि पर्न सक्छ । तर वास्तविकता भने फरक रैछ ।

कक्षा ८ का छात्र छात्राहरुको लागि प्राक्टीकल अन्तर्गत गरिएको रैछ । हिमालय वोडिङ स्कूल हेमन्तपुरले कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक शिकाई अन्तर्गत यि विद्याथीहरुलाई सुन्तला र अनदीको चामल वेच्न लगाएको छ ।
विजौरीको मानपुर चौकको पिपलवोट मूनि कक्षा ८ का छात्राहरु आयुसा अधिकारी, पूर्णिमा रैदास, सिम्रन वली, प्रिति चौधरी र अञ्जली विकले लौ आयो माघि पर्व यता छ अनदीको चामल भन्दै वोलिरहेका थिए ।

अनदीको चामल प्रति केजि १४० र सुन्तलाको प्रतिकेजि १ सय रुपैयाका दरले मूल्य निधारण गरिएको छात्रा आयुसा अधिकारीले भनिन ् ।


