तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१७ कि किसान निर्मला शर्मालाइ स्थानिय दुध संकलन केन्द्रले अवको एक साता डेरीमा दुध नल्याउन भनेको छ । जसोतसो ऋणधन गरी ६० हजार रुपैयामा किनेको उनको जर्सी गाइले दैनिक वाह्र लिटर दुध दिन्छ । दुध वेचेर गाइलाइ दाना किन्ने उनको सोच अव पुरा हुने छैन । उनलाइ दुधबाट अन्य उत्पादन गर्न पनि आउदैन । यसले निर्मलालाइ वेचैन बनाएको छ ।
घोराही उपमहानगरपालिका–८ तेघ्राका किसान कालिभान चौधरीले पनि ऋणको जोहो गरी दुइ वटा जर्सि गाइ खरीद गरे । दुइटा गाइले बीस लिटर दुघ दैनिक दिन्छन् । असार देखि दुध किन्न घोराहीको पौडेल डेरी एका विहानै घरमै आउथ्यो । तर मंसीर मध्यान्न देखि सो डेरीले उनको घरबाट दुध नउठाउने सुचना दिएको छ । दुध वेचेर लागेको ऋण तिर्ने उनको योजनामा तुसारापात भएको छ । गाउमा पनि दुध विक्दैन । चौधरी पनि दुध विक्रि नहुदा पिरोलिएको बताएका छन् । ‘जुन डेरीले घरबाटै दुध उठाउथ्यो, उसले अवका दुइ महिना नलिने भनेको छ, यसले हामीलाइ बेचैन बनाएको छ’–कालिभानले भने ।
उता शान्तिनगर गाउपालिकामा पनि स्थानिय दुध संकलन केन्द्रले मंसीर पन्ध्रदेखि यता दुध खरीद गर्न कटौति गरेपछि त्यहांका दुग्ध उत्पादक किसानहरुले दुध सडकमै पोखे । ‘डेरीले दुध नलिएपछि सडकमै दुध पोखेर विरोध जनाएका हौं, तर हाम्रो विरोधलाइ कसैले सुनुवाइ गरेको छैन’, शान्तिनगर पातेटाकुराका किसान ममता डांगीले भनिन् । आफुहरुले नेपालगन्जमा रहेको दुग्ध विकाश संस्थानलाइ दुध खरीद गर्न आग्रह गरेपनि संस्थानले चासो नदिएको ममताको भनाइ छ ।
निर्मला, कालिभान र ममता त प्रतिनिधि दुग्ध किसानहरु मात्रै हुन् । उनीहरुजस्ता सयौं किसानहरुले गएको मंसीर मध्यदेखि दुध वेच्न पाएका छैनन् । चिसो मौसम सुरु भएसंगै दुध र दुधजन्य उत्पादनहरुको खपत ह्वात्तै घटेपछि डेरी उद्योग तथा दुध संकलन केन्द्रहरुले किसानहरुबाट खरीद गर्ने दुधमा भारी कतौति गरेका छन् । घोराही स्थीत पौडेल डेरीका सन्चालक विष्णु पौडेल भन्छन्– ‘हामीले जहां बेच्ने हो, उनीहरुल ेनै दुध खरीद गर्न कटौति गरेपछि किसानबाट दुध लिन पनि कटौति गरेका हौं ।’, पौडेल जस्तै दर्जनौं दुग्ध संकलन केन्द्रहरुले यसरीनै दुध खरीदमा कटौति गरेपछि दुग्ध किसानहरु आक्रोशित समेत भएका छन् ।
विशेष गरी मंसीर महिनादेखि माघ महिना सम्म दुध कम खपत हुने गरेको तुलसीपुर स्थीत गणेश डेरीका सन्चालक विनिल केसीले बताएका छन् । दुध विक्रि नहुनुमा चिसो मौसम संगै दुधजन्य उत्पादनहरुको खपत समेत कम हुनाका कारण दुध खपत पनि ह्वात्तै घटेको विनिलको तर्क छ । दुध उत्पादन पनि प्राय कार्तिक मंसीरमा बढि हुने गरेको उनले बताए । ‘उत्पादन बढि हुने तर खपत कम हुने सिजन भएकाले किसानहरुलाइ दुध बेच्न समस्या भएको हो, यसलाइ व्यवस्थापन गर्न ठुला डेरी तथा दुग्ध विकाश संस्थानले पाउडर दुध उत्पादनको अवधारणा ल्याउन आवस्यक छ’, सन्चालक विनिलले भने । दुधको खपत नभएपनि दुधबाट उत्पादन हुने वाइप्रोडक्ट बनाउनदा पनि केहि मात्रामा दुध खपत बढाउन सकिने पनि उनको अभिव्यक्ति थियो । दुधबाट दहि, वरफ, आइस्कृम लगायतका उत्पादन हुन्छन् । यी उत्पादनहरु समेत चिसो मौसममा कम खपत हुन्छ । यसैले पनि चिसो मौसममा दुध विक्रिगर्न किसानलाइ समस्या भएको डेरी सन्चालकहरुले बताएका छन् । दुध खपतको व्यवस्थापन गर्न केहि डेरीहरुले पनीर, छुर्पि, गुदपाक, पुष्टकारी लगायतका उत्पादन सुरु गरेपनि यी उत्पादनहरुले यथेष्ट बजार पाउन नसक्दा यो पनि ठुलो परिणाममा उत्पादन हुन नसकेको डेरी सन्चालक तथा हाम्रो पहुच डेरीका अध्यक्ष सुक्र भण्डारीले बताए ।
दुग्ध उत्पादक किसानहरु स्वयमले गर्मिको मौसममा बढि दुध उत्पादन गर्ने तर्फ लाग्नुपर्ने पनि डेरी सन्चालकहरुको भनाइ छ । धेरैजसो गाइभैसी असोज कार्तिकमा व्याउने र यहि सिजनबाट दुध उत्पादन पनि बढ्ने गर्दछ । तर यसलाई कृतिम गर्भाधानको माध्यमबाट गाइभैसीलाइ फागुन चैतमा व्याउने बनाउन पनि डेरी सन्चालकहरुले सुझाव दिएका छन् । स्थानिय सरकारका कृषि विज्ञहरुले पनि यहि सुझाव दिइरहेका छन् । तर यसमा किसानहरुलाइ भने पुर्ण विश्वास भने छैन । त्यसो त दाङ जिल्लामा गर्मि याममा यहां उत्पादन भएको दुधले पनि पुग्दैन । नेपालगन्जबाट दुग्ध विकाश संस्थानको दुध ल्याउनुपर्ने बाध्यता समेत रहेको डेरी सन्चालकहरुले बताएका छन् । यो अवस्थालाइ सन्तुलनमा ल्याउनु भनेको पशुहरुलाइ कृतिम बन्ध्याकरणको माध्यमबाट फागुन चैतमा व्याउने बनाउनु नै रहेको पनि डेरी सन्चालकहरुको तर्क छ ।
त्यसैगरी यहांका गाइभैसीबाट उत्पादन हुने दुधमा गुणस्तर र परीमाणमा पनि समस्या रहेको डेरी सन्चालकहरुले बताएका छन् । राम्रो संग डालेघास खुवाउने र चरीचरन क्षेत्रमा चराउने व्यवस्थापन नहुनु उन्नत जातका पशुहरु नहुनुले यो समस्या आएको पनि डेरी सन्चालक विनिल केसीले बताएका छन् । यसलाइ व्यवस्थापन गर्न नश्ल सुधारको अभियानलाइ व्यापक बनाउन पनि स्थानिय सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
साभारः साक्षी खबरवाट


