सिभिलका विद्यार्थीहरुलाई स्वागत

घोराही – दाङको घोराही १६ सानीअम्बापुरमा रहेको राप्ती इन्जिनिरिङले कलेजले स्नातक तहका ४ वर्षे बिबिए, बिसिए, बिई कम्प्युटर,बिई सिभिल प्रथम सेमेष्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

कलेजको कार्यकारी निर्देशक डाक्टर शैलेन्द्र गीरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीं घोराही उपमहानगरपालिका कार्यबहाक नगर प्रमुख हुमा कुमारी डिसीले अबको युगमा प्राविधिक र व्यवस्थापन सीपमा दक्ष हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले कलेजले गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको व्यक्तित्व एवं नेतृत्व विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक डा.भिमसेन गिरी, निर्देशक मधुसुदन बैद्य, प्रन्सिपल रेशम गीरीले कलेजले गर्दै आएका सफलताको चर्चा गर्दै विद्यार्थी लगनशील भएर अतिरिक्त क्रियाकलापहरुमा जोड दिदै आफ्नो सीपको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यार्थी गिता केसी र हेमन्त बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस